लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली (एनआरएन) नागरिकतासम्बन्धी सरकारले तयार पारेको मस्यौदामाथि बृहत छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अनुसार सरकारद्वारा प्रस्तुत नागरिकता मस्यौदामाथि गहन छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा मस्यौदाका विभिन्न प्रावधानबारे विस्तृत छलफल गरिनुका साथै सरोकारवालाका सुझाव संकलन गरिनेछ।
यस कार्यक्रममा हाल नेपालमा रहेका एनआरएनहरुलाई उपस्थित भई आफ्ना महत्वपूर्ण सुझाव राख्न संघले आग्रह गरेको छ।
छलफल कार्यक्रम आगामी बिहीबार दिउँसो २ बजे संघको केन्द्रीय कार्यालय, बालुवाटारमा सुरु हुने जनाइएको छ।