ब्रेकिङ न्युज

‘पद्मश्री साहित्य पुरस्कार’ सलहका लागि श्रवण मुकारुङलाई हस्तान्तरण

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सोमबार उक्त पुरस्कार मुकारुङलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानका अनुसार ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति चित्रण र मार्मिक कथनशैली उपन्यासका प्रमुख विशेषता हुन्। उपन्यासले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै सीमान्त समुदायको जीवन र नारी अस्तित्वका सवाललाई प्रभावशाली रूपमा उठाएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले उपन्यासका लेखक मुकारुङलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता