काठमाडौं । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । १० वटै क्षेत्रको नतिजा आइसकेको छ । सबैभन्दा पछाडि काठमाडौं–२ को नतिजा सार्वजनिक भएको हो । काठमाडौं–२ मा रास्वपाकै सुनिल केसी निर्वाचित भएका छन् ।
काठमाडौं- १ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं -२ मा सुनिल केसी, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम निर्वाचित भएका छन् ।
काठमाडौं-५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् ।काठमाडौं- ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं- ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।