२३ फाल्गुन २०८२, शनिबार
Follow Us

नेपालब्रिटेन डट कमका मल्टिमिडिया एडिटर रमेश खनाल एनआरएनए स्पेनको प्रवक्ता

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०८२, शनिबार १२:३४

बार्सिलोना। नेपालब्रिटेन डट कमका मल्टिमिडिया एडिटर रमेश खनाल गैर-आवासीय नेपाली संघ स्पेनको प्रवक्ता पदमा मनोनित हुनुभएको छ।

गत ५ मार्च २०२६ मा अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले खनाललाई कार्यसमिति सदस्यसँगै प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो। लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आउनुभएका खनाल हाल स्पेनलाई आफ्नो कर्मथलो बनाउँदै सामाजिक र व्यावसायिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ।

नेपालब्रिटेन डट कमका प्रधान सम्पादकले खनालको यो नयाँ नियुक्तिप्रति खुसी व्यक्त गर्दै भन्नुभयो,”रमेशजीको कार्यक्षमता, सञ्चार कला र मल्टिमिडिया क्षेत्रको दख्खलले एनआरएनए स्पेनको सूचना प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेमा हामी पूर्ण विश्वस्त छौँ। यो नियुक्ति उहाँको मेहनत र क्षमताको कदर हो।”
नवनियुक्त प्रवक्ता खनालले संस्थाको आधिकारिक धारणा, सूचना तथा गतिविधिहरूलाई पारदर्शी र व्यवस्थित रूपमा सार्वजनिक गर्ने जिम्मेवारी पाउनुभएको छ।

धेरै पढिएको