काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाकाे प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् ।
पहिलो चरणमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । उनको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।