काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग र श्रम मन्त्री नियुक्त गरेका हुन्।
रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।
गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए।
प्रधानमन्त्री शाहले उद्योग मन्त्री सुरूदेखि नै आफैसँग राख्दै आएका थिए। साथै श्रम मन्त्री रहेका रास्वपा सांसद दीपककुमार साहलाई सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए।