६ बैशाख २०८३, आईतवार
Follow Us

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०८३, आईतवार १५:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यसअघि प्रवास विभाग प्रमुख रहेका डीपी अर्याल सभामुख बनेसँगै उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा सांसद बोहोरालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

धेरै पढिएको