१० जेष्ठ २०८३, आईतवार
Follow Us

मलाई कुन विधिबाट कसरी हटाउने ? : अध्यक्ष ओली

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८३, आईतवार ०६:३७

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफ्नो राजीनामा माग्ने पदाधिकारीहरुलाई कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रतिप्रश्न गरेका छन ।

आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा उभिएपछि संकटमा परेका अध्यक्ष ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा सुनिसकेपछि आफूलाई कुन प्रक्रियाबाट हटाउने भनेर प्रश्न गरेको एक पदाधिकारीले जानकारी दिए । जेठ ४ देखि जारी सचिवालय बैठक आज आइतबार पनि बस्दैछ । अध्यक्ष ओलीले जबाफ दिने कार्यसूची बाँकी नै रहेको छ।

अरू सचिवालय सदस्यहरूले बोल्दा ओलीले बीच बीचमा आफ्नो धारणा राखिरहेका छन् । ‘मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने ? ओलीले बैठकमा राखेको प्रश्न उद्धृत गर्दै एक नेताले भने, ‘राष्ट्रिय महाधिवेशन गरेको ६ महिना पनि भएको छैन, फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा नहोला, विशेष महाधिवेशन गर्नुपर्ने होला। तीन महिनाअघि गरेको तहगत अधिवेशन के गर्ने ?

यसबीच जारी बैठकमा अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी फेस गर्ने सन्देश दिइसकेका छन् । ‘मलाई हट्नुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाऊँ। एक एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु ।’ उनले बैठकमा भनेका थिए । शनिबारकै बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूलाई धेरै नसम्झाउन पनि भनेका थिए।

धेरै पढिएको