५ श्रावण २०८३, मंगलवार
Follow Us

बौद्ध नयाँ बस्तीमा आत्मदाहको प्रयास गरेकी युवतीको उपचार हुँदै

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८३, मंगलवार ०५:५१

काठमाडौं । काठमाडौंको बौद्ध नयाँ बस्तीमा आत्मदाहको प्रयास गरेकी युवतीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

आज राति २ बजेर ५० मिनेटमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी उनलाई उनका श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए ।

प्रहरीका अनुसार आत्मदाहको प्रयास गरेकी युवती काभ्रेपलान्चोकको तेमाल गाउँपालिका-३ घर भई काठमाडौंको बौद्ध बस्ने २७ वर्षीय सालु गुरुङ रहेकी छन् । गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ ।

धेरै पढिएको