१८ कार्तिक २०८२, मंगलवार
Follow Us

भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७८, मंगलवार १३:०५

काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता ज्ञवालीको अध्यक्षमा २०७७ वैशाखमा आयोग गठन गर्नुभएको थियो । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भन्दै सरकारले आयोग गठन गरेको थियो । आयोगका नाममा अघिल्लो सरकारले कार्यकर्ता भर्ना गरेको भन्दै चर्को आलोचना हुँदै आएको थियो ।

धेरै पढिएको