१६ भाद्र २०८३, मंगलवार
Follow Us

भोलि प्रतिनिधिसभाको बैठक आह्वानको तयारी

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८३, मंगलवार ०९:१०

काठमाडौं । भोलि बुधबार प्रतिनिधिसभाको बैठक आह्वान गर्ने तयारी गरिएको छ। बैठक बुधबार दिउँसो १ बजे बस्ने तयारी छ।

बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृतको तयारी गरिएको छ । यस्तै बैठकमा संसद्मा रहेका ६ दलका तर्फबाट नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा बोल्न दिने सहमति दलहरु बीच भएको छ।

विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने छैनन्। सदन १७ र १८ गते दुवै दिन सञ्चालन हुनेछ। त्यसपछि तीन दिन सार्वजनिक बिदा हुनेछ र २२ गतेदेखि सदन पुनः सञ्चालन हुनेछ।

सरकारले २२ गते राष्ट्रिय शोक घोषणा गरेमा २३ गतेदेखि संसद्ले नियमित कामकारबाही अघि बढाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिनुभएको छ।

धेरै पढिएको