Refresh

This website nepalbritain.com/archives/1903 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

 

 

 


२८ बैशाख २०८३, सोमबार
Follow Us

एक लाख परिवारलाई रोजगारी दिने एनआरएन संस्थापक अध्यक्ष डा. महतोको घोषणा

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार ०७:४६

लन्डन । गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले निकट भविष्यमा एक लाख परिवारलाई रोजगारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली सँघ यूरोपको आइतवार सम्पन्न बैठकलाई सम्बोधन गर्दै डा. महतोले सो घोषणा गरेका हुन् । उनको १० अर्वको लगानीका काठमाण्डौंमा बन्दै गरेको मेडिकल कलेज र कृषि क्षेत्रका नेपालीहरुले रोजगारीको अवसर पाउने बताए ।

डा. महतोले लगानी सम्बन्धमा बैठकमा राखेका बिचार
दस मिलियन जतिको एउटा प्रोजेक्ट फाइन्ड गरिदिनोस् भनेर अनुरोध गरेका छौं । एउटा योजना हामीलाई दिनुहुनेछ । लगानी भनेको कुरा नगरी विश्वास बढ्दैन । र, त्यो पनि नेपालमै लगानी गर्नुपर्छ । नेपालमा भएको लगानीमा आफ्नो गल्तीबाहेक अरु कारणले डुबेको छैन ।
एनआरएन साथीहरु धेरै भावुक भएर आफूले कमाएको पूरै पैसा लिएर नेपाल जान्छु भनेर पनि नभन्नुहोला । यहाँको कमाइको केही भाग लगानी गर्नुहोस् । केही प्रतिशत नेपालमा लगानी गर्नुहोस् । नेपाल जति सुरक्षित विश्वमा कहीँ पनि छैन । हामीले हजार करोडको लगानीमा नेपालमा मेडिकल कलेज सुरुवात गर्दैछौ । साउथ इस्ट एशियाको अहिलेसम्म भएभन्दा सुविधा सम्पन्न अस्पतालको परियोजना बन्दैछ । विदेशमा अरुको गुलामी गरेर, अरुको भूमिमा पसिना बगाएर पैसा पठाउँछौं । तर उपचारका लागि विदेश जान्छौं । त्यसलाई रोक्न सकियो भने देशलाई ठूलो आर्थिक फाइदा पुग्ने छ । निकट भविष्यमा एग्रीकल्चरको क्षेत्रमा एक लाख परिवारलाई रोजगारी दिने हाम्रो योजना छ । महिनामा दुई लाख क्यास दिनु भएन भने किसानको हातमा नगद पैसा परोस् भन्ने यो योजनामा छ । यसमा तपाइँहरुको आइडिया, इनोभेसन आवश्य पर्छ त्यसैले सबै गैरआवासीय नेपालीहरुको सीप नेपालमा लगानी गर्ने अवसरलाई सदुपयोग गर्न सबैमा आग्रह गर्दछु ।

धेरै पढिएको