काठमाडौं । एमाले पुनर्गठन कार्यदलको बैठकले पार्टी पुनर्निर्माणसम्बन्धी तीनवटा अलग–अलग प्रतिवेदनलाई मर्ज गर्ने सहमति भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल र अर्का नेता प्रदीप ज्ञवालीको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।
तीनवटै प्रतिवेदनको मस्यौदालाई एकीकृत गर्ने र हाललाई पुनर्गठनको विषय समावेश नगर्ने सहमति जुटेको बताइएको छ । योसँगै नेतृत्वबाट केपी शर्मा ओलीलाई बिदा गर्ने विषय हाललाई मत्थर भएको एक नेताले जानकारी दिएका छन ।