मुख्य समाचार

बाढी पीडितलाई सगुनको १० हजार डलर सहयोग

तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि सगुन डट कमले १० हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगुनले बिज्ञप्तिमार्फत तराईका जनताका लागि १० हजार डलर सहयोग गर्ने घोषणा गरेको हो ।

सहयोग धुर्मुस-सुन्तली फाउण्डेसनमार्फत पीडितसमक्ष पुर्‍याइने सगुनले जनाएको छ । यसअघि भूकम्पपीडितलाई गरेको सहयोग पनि सगुनले धुर्मुस सुन्तली फाउण्डेसनमार्फत उपलब्ध गराएको थियो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्