ब्रेकिङ न्युज
मनाङको प्रदेश सभामा काङ्ग्रेस विजयी
काठमाडौं । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् ।
विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका हुन् ।
मनाङको प्रदेश सभा खमा भने एमालेका समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे)ले जितेका छन् । प्रतिनिधिसभामा भने एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।
– अनलाइन खबरबाट ।

