मुख्य समाचार

युरोप कांग्रेस भेला २१ जुलाईमा

लन्डन । युरोप स्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भेला आयोजना गरिने भएको छ । जनसम्पर्क समिती युरोपको आयोजनामा सो भेला २१ जुलाईमा हुने भएको हो । भेलालाई नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सम्बोधन गर्ने समितिका महामन्त्री गंगाधर गौतमले जनाए ।
सो भेलामा युरोप स्थित जनसम्पर्क समितिका अध्यक्ष, निबर्तमान अध्यक्ष पुर्व अध्यक्षलाई समेत आमन्त्रण गरीएको छ । पोर्तुगलको लिस्वनमा आयोजना हुने सो भेलामा समितिको अधिबेशन बारे प्रमुख अजेण्डा माथि छलफल हुने बताएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्