ताजा खबर

नेपालमा विदेशबाट आयत २२ अर्बको मदिरा

काठमाण्डौं । नेपालमा पछिल्लो १० महिनामा २४ अर्बको चामल र २२ अर्बको मदिरा उपभोग भएको तथ्यांकले देखाएको छ । १० महिनामा मात्रै २९ देशबाट नेपालमा २२ अर्ब ३८ करोड को मदिरा आयात भएको हो।

नेपालमा मदिरा आयात हुने देशरुमध्ये फ्रान्स, अष्ट्रेलिया, नेदरल्यान्ड, भारत, अमेरीका, मेक्सिको, इटालि लगाएतका देशहरु रहेका छन् । उक्त देशरुबाट आयात हुने पेया पदार्थहरुमा वाइन, रम, जीन, भोड्का,बियर, ह्रिस्की रहेका छन।

भन्सार विभागले गत आर्थिक बर्षमा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २९ देशबाट तयारी मदिराजन्य पदार्थ आयात भएको उल्लेख छ।

नेपालमा आयात हुने मदिरामा सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९ लिटर र सबैभन्दा थोरै १२ लिटर रुसबाट आयात भएको छ।

यस्तै बेलायतबाट चार लाख ३९ हजार ८८० लिटर, अस्ट्रेलियाबाट दुई लाख ९९ हजार १३०, स्पेनबाट दुई लाख ७६ हजार ११९ र फ्रान्सबाट दुई लाख ५८ हजार ९७ लिटर आयात भएको छ।

यसैगरी अमेरिकाबाट ५५ हजार ५४३ लिटर, इटलीबाट ५१ हजार ८०१, चिलीबाट ४७ हजार ९७०, दक्षिण कोरियाबाट ४१ हजार ७५८, स्विडेनबाट ३८ हजार ४८८, चीनबाट ३७ हजार १७९, सिङ्गापुर २९ हजार ४४५, बेल्जियम २३ हजार ६५२, पोल्यान्ड २० हजार ८३, मेक्सिको १५ हजार ७५३, प्रोचुगल १३ हजार १४९, नेदरल्यान्ड १२ हजार ११ र आयरल्यान्डबाट ११ हजार ५५४ लिटर आयात भएको छ।

त्यसैगरी अर्जे्न्टिनाबाट छ हजार २०८ लिटर, जर्मनीबाट दुई हजार ७७२, स्विजरल्यान्डबाट एक हजार ३८२, साउदी अरबबाट एक हजार २०, जापानबाट ९६९, क्यूवाबाट १८०, न्यूजिल्यान्डबाट १०४, गणतन्त्र कोरियाबाट ९२, ब्राजिलबाट ४२ र फिलिपिन्सबाट १३ लिटर मदिराजन्य पदार्थ आयात भएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news