ताजा खबर

प्रज्ञा–प्रतिष्ठान उपकुलपतिमा गुरुङ नियुक्त

काठमाडौं : सरकारले आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिमा डा. जगमान गुरुङलाई नियुक्त गरेको छ। गत असोजमा पूर्वकुलपति गंगाप्रसाद उप्रेती पुनः कुलपति र डा. जगत उपाध्याय सदस्यसचिव नियुक्त भएका थिए।

प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल प्राज्ञ–परिषद् सदस्य नियुक्त भएका छन्। पन्त र ठाकुर दोहोरिएका हुन्। २४ जनालाई प्राज्ञसभा सदस्य छनोट गरिएको छ।

परिषद्का पदाधिकारीलगायत प्राज्ञसभा गठन संस्कृतिमन्त्रीको अध्यक्षतामा दुई विज्ञ सम्मिलित समितिको सिफारिसमा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्रीबाट हुने व्यवस्था छ।
अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news