ताजा खबर

मोटरसाइकल र बुलेरो एकआपसमा जुध्दा २ जनाको मृत्यु

दमक । मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा आज दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका-१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बू छन्। दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित माइधार सडकखण्डमा आज दिउँसो ३ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च नम्बरको बुलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवैजनाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news