ताजा खबर

भारतीय नागरिकलाई किर्ते गरि नेपाली नागरिकता बनाई दिने अभियुक्त

सप्तरी । एक भारतीय नागरिकलाई किर्ते गरी नेपाली नागरिकता बनाई दिने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ वस्ने ५० वर्षीय उत्तमलाल साहलाई आइतवार प्रहरीले पक्राउ गरेको छ।

निज साहले आफ्नो ज्वाई नाता पर्ने भारत मधुवनी बस्ने ३३ वर्षीय वीरेन्द्र साहलाई २०६३ माघ १४ गते झुट्टा विवरण पेश गरी नक्कली छोरा बनाई नेपाली नागरिकता बनाई दिएको खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news