ताजा खबर

सिके राउतले भने– हामीलाई राजनीतिक स्पेस प्रदान गर्नुभएकोमा केपी ओलीलाई धन्यवाद

काठमाडौं– स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले आफूहरुलाई राजनीतिक स्पेश प्रदान गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले
०६९ जेठ ८ गते पत्रकार सम्मेलन गरेर आफूले स्वराज आन्दोलनको घोषणा गरेको स्मरण गर्दै आफूले सँधै शान्तिपूर्ण आन्दोलनमा होमिएको बताए ।
उनले आफूहरुको आन्दोलनको कदर गरेकोमा विगतमा प्रधानमन्त्री र ओली सबैलाई धन्यवाद दिए ।
कुनै बेला आफूहरुको आन्दोलन कुनै पनि बेला विस्फोट हुने डर थियो भन्दै आफूहरुले संयमता अपनाउँदा यस्तो हुन नपाएको बताए ।

About the author
nepalbritain news

nepalbritain news