ताजा खबर

पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना

ताप्लेजुङ । पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गए राति दुर्घटना हुँदा ११ घाइते भएका छन्।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ।

घाइते सबै बारा निजगढका हुन्। बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ।

मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news