मुख्य समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर ।ललितपुर शेर्पा टोल बस्ने सिन्धुलीकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बस्ने पाँचथर फिदिम नगरपालिका(५ घर भएका २४ वर्षीय रमेश लिम्बु र सोही ठाउँ बस्ने उदयपुरका २४ वर्षीय विबेक मैनालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई गोदावरी नगरपालिका(३ स्थित फुल्चोकी जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्