३ चैत्र २०८२, मंगलवार
Follow Us

भूमिसुधार अधिकारीविरुद्ध मुद्दा

nepalbritain news
१ जेष्ठ २०७६, बुधबार ०२:४३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकारी गमबहादुर विकसहित २३जना विरुद्ध मुद्दा दायर गेको छ। मोहियानी हकको नक्‍कली कागजात बनाइ मोही बाँडफाँट गरेको आरोपमा भूमिसुधार अधिकारी विक र तामेलदार प्राणनाथ कसजुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुले बारास्थित साविकको नकटुवा २ किन ५६ को १० कठ्ठा, वडा नम्बर ५ कि.नं ११२ को ९ कठ्ठा १० धूर र कित्ता नम्बर २१३ को ५ कठ्ठा ५ धूर जग्गामा मोहियानी हकको नक्‍कली लगत खडा गरी मोही बाँडफाँड निर्णय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।भूमिसुधार अधिकारी विक र तामेलदार कसजुविरुद्ध भ्रष्टाचरा निवारण ऐन बमोजिम कारवाहीको माग गरिएको छ।

त्यस्तै नक्‍कली मोही बनी बाँडफाँडको लागि निवेदन दिने नगेश्वर राउत कुर्मीले भूमिसुधार कार्यालय, पर्साका कर्मचारीलाई प्रलोभनमा पारी मोहीका अभिलेखमा थपघट तथा सच्याउने कार्यमा प्रपञ्च मिलाउने काम संलग्न भएको आरोप लागेको छ।

गैरकानुनी तरिकाबाट बदनीयतपूर्वक लाभ लिने कार्य गरेको आरोपमा कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको