ब्रेकिङ न्युज

भारतमा मतगणना सुरु

दिल्ली – भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ ।

यूपीएले ६६ स्थानमा अग्रता लिएको छ । अन्य दल ६८ स्थानमा अगाडि छन् । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि अधिकांश स्थानमा सत्तारुढ बीजेपी नै अगाडि देखिएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्