५ श्रावण २०८३, मंगलवार
Follow Us

प्रधानमन्त्रीले विदेशी भूमिमा राजनीतिक टिप्पणी गर्नु देशकै अपमान : नेता पौडेल

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार ०५:५७

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशी भूमिमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान
भएको टिप्पणी गरेका छन्।

धादिङ क्षेत्र नम्बर एकद्दारा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ्का लागि केन्द्रीय प्रतिनिधि समेत रहेका पौडेललले पधानमन्त्रीले देशको राजनीतिलाई विदेशको भूमिबाट नकारात्मक ढङ्गबाट टिप्पणी गनु देशकै अपमान भएको टिप्पणी गरेका हुन्।

नेता पौडेलले भने, “नेपाली राजनीतिलाई तुच्छ ढङ्गबाट टिप्पणी गदैगर्दा उहाँलाई ख्याल हुनुपर्छ राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो। सत्ताका लोभिहरू कहिल्यै इमान्दार हुँदैनन। कथनि र कथनिमा ज्यादै अन्तर भएका के पी ओलीहरूका कारणले नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो छ।”

नयाँ संबिधान लागुभयो तर काम गर्ने तरिका फेरिएनन्। नेतृत्व गर्नेहरु सेवक होइन शासक बन्यो । केन्द्र देखि वडासम्म कमिसन र भ्रष्टाचारको बिगबिगि छ। सबै तहका सरकारमा हुनेहरूको ब्यबहारले संघीयताको बदनाम भएको बताए। समावेसिताको भाबनालाई गलत ढङ्गबाट प्रयोग भइरहेको पनि पौडेलले बताए।

भनाई र गराइमा कुनै तालमेल छैन। झुठको खेती गरेर देश संबृद्ध नहुने उनले बताए । कार्यक्रम नेपाली कांग्रेस धादिङ क्षेत्रीय नम्बर १ का सभापति कृष्ण रिजालले अध्यक्षता गरेका थिए।

धेरै पढिएको