ताजा खबर

बसमा प्रधानाध्यापक मृत भेटिए

बाजुरा : बाजुराका लागि धनगढीबाट छुटेको जय मालिका यातायातको ना ६ ख १७९२ नम्बरको बसमा बिहीबार एक जना यात्रु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

धनगढीबाट बाजुरा आउँदै गरेको उक्त बसमा हिमाली गाउँपालिका ७ बाँधुका ५० वर्षीय दलबहादुर शाही मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।मृतक शाही हिमाली गाउँपालिका ५ रुडीमा रहेको रुपाली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

बिहीबार पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको प्रहरी उपरीक्षक भाटले जानकारी दिए। शुक्रबार कैलालीको मोहना नदीमा शाहीको दाहसंस्कार गरिएको आफन्तले जनाएका छन्।

गाडी चालक कृष्ण विष्टका अनुसार अछामको चौखुट्टमा यात्रु सकुशल रहेका र बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको रिठा बजार आउँदा मृत अवस्थामा भेटिएको बताए। चौखुट्टेमा चिया खान बस रोकिएको समयमा सकुशल भेटिएका शाही रिठा बजार आइपुगेपछि मृत अवस्थामा भेटिएको गाडी चालक विष्टले बताए।
अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news