३ आश्विन २०८२, शुक्रबार
Follow Us

काजकिस्तानमा विमान दुर्घटना, कम्तिमा सात जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ पुष २०७६, शुक्रबार ०५:५९

काजकिस्तान । काजकिस्तानमा एक सय जना चढेको विमान दुर्घटनामा परेको छ । बेक एअरको विमान आज बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटनामा परेको हो । दुर्घटनमा कम्तिमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी यात्रु जिउदो भेटिए वा नभेटिएको खुलेको छैन ।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको प्रतक्ष्यदर्शीले बताएका छन् । आपतकालीन सेवाका कर्मचारीहरू विमान दुर्घटना भएको स्थानमा पुगेका छन ।

अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको विमान दुर्घटनामा परेको हो । अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए ।

धेरै पढिएको