मुख्य समाचार

अनलाइन ठगीका ८ जना ६७ लाख बढी रकमसहित पक्राउ

मोरङ प्रहरीले अनलाइन ठगी गिरोहमा संलग्न आठ जनालाई ६७ लाख बढी रकमसहित पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका- २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन्।
आचार्य ठगी धन्दाका मुख्य नाइके भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ।

About the author
nepalbritain news

nepalbritain news