लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको निधन भएको छ । बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो ।
नेपालमा पर्वत जिल्लाको महाशिला गाउँपालिकाअन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ श्रीमतीसहित बेलायत बस्दै आएका थिए । मृतक गुरुङलाई कोरोनाको संक्रमण पुष्टी भएको र अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले दिए ।
उनी संगै बेलायतमा कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या ६ पुगेको हो।
वेलायतमा बुधबार साँझ सम्म ५ नेपाली सहित ७ हजार ९७ जनाको कोरोना कारणले ज्यान गएको छ। ६० हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएकोे छ।