ताजा खबर

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठेकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयमा दर्ता गराएको ५ दिनपछि गत बुधबार संसदमा पेस गर्नलाई प्रतिनिधिसभा बैठकको संभावित कार्यसूचिमा चडेको संविधान संशोधन विधेयक कांग्रेसले समय माग गरेका कारण कार्यसूचिबाट हटाइएको थियो ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गराउने भन्दै समय मागेपछि संविधान संशोधन विधेयक संसदमा पेस हुन सकेको छैन। शनिबार बसेको कांगेस केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै १८ गते बस्ने संसद वैठकमा संविधान संशोधन विधेयक पेस हुने भएको छ ।


प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय नेपाली कांग्रेसले गरेको हो ।

सरकारले गत बुधबार भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा रहेको नक्सा परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्