काठमाडौं । मनोरञ्जन तथा कला क्षेत्रमा नेपाल प्रहरीको पोशाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबै निकायहरुलाई यसबारे सचेत गराएको छ । प्रहरी कार्यालयको अनुमतिबिना प्रहरी बर्दी, चिन्ह वा कुनै प्रहरी पोशाकको दुरुपयोग नगर्न प्रहरी प्रधान कार्यालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।
विज्ञप्तीमा चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्रांक भिडियो, सांगितिक भिडियो, टिकटक, टेलिभिजन कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमा प्रहरी पोशाकहरूको दुरुपयोग नगर्न आग्रह गरिएको छ । ‘प्रहरी पोशाकको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधान कार्यालयले प्रहरी पोशाक प्रयोग गर्नुपूर्व प्रहरी कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागु भइसकेको जनाएको छ । प्रहरीको अनुमतिबिना प्रहरी पोशाक र दज्र्यानी चिन्हको प्रयोग भएमा कानुनी कारबाही गरिने विज्ञप्तीमा उल्लेख छ ।