१ माघ २०८२, बिहीबार
Follow Us

एमालेको सचिवालय बैठक स्थगित, आज कार्यालयको नाम र साइनबोर्ड फेरिने

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ०४:०६

काठमाडौं । मंगलबार बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ । मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरिएको थियो । नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो । यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् । यो समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्दछ ।

आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड फेरिने
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि धुम्बाराहीको पार्टी कार्यालयमा एमाले नामको साइनबोर्ड राखिने भएको छ ।

मङ्गलवार कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने र बुधवारसम्म मुख्यालयमा एमाले नाम परिवर्तन गरिसक्ने एमाले निकट स्रोतले जानकारी दिएको छ । जिल्लास्तरमा पनि एमालेको कार्यालय रहेको भवन एमाले कार्यालय नै रहने जनाइएको छ ।

धेरै पढिएको