ताजा खबर

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच वार्ता हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज वार्ता हुने भएको छ । वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताहरुबीच बस्दैछन् । नेकपा एमालेमा देखिएको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्न लागेका हुन् । प्रधानमन्त्री समेत रहेकाअध्यक्ष अ‍ोलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् ।

दुवै पक्षका नेताहरु वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बस्ने स्रोतले बताएको छ । ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् । त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहितका नेताहरु बैठकमा बस्नेछन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता