१८ भाद्र २०८२, बुधबार
Follow Us

वामपन्थी दलहरूबीच एकताको पहल भइरहेको छ: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८२, बुधबार १३:०८

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीबिच छिट्टै एकता हुनसक्ने बताएका छन ।

आज (बुधबार) माओवादी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ सम्मेलनलाई प्रज्ञाभवनमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वामपन्थीहरूबिच एकता हुनसक्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘म यहाँबाट भन्न चाहन्छु । विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबिच एकताका लागि छलफल भइराखेको छ । छिट्टै अर्को सम्मेलन हुनसक्छ । आठौँ सम्मेलन वा एकताको सम्मेलन हुनसक्छ । त्यसका लागि तयार भएर बस्न म आग्रह गर्छु ।’

धेरै पढिएको