ताजा खबर

ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा वैठक बोलाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । बैठकमा सूर्य चिन्ह्बाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए ।

एमाले संसदीय दलका नेता समेत रहेका ओलीले भोलि (बिहीबार) बिहान ११ बजे बैठक बोलाएका हुन् । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरे लगतै अध्यक्ष ओलीले संसदीय दलको वैठक डाकेका हुन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता