बाग्लुङका अस्पतालमा कम तौलका अक्सिजन सिलिण्डर फेला
बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पतालमा कम तौलमा अक्सिजन सिलिण्डर फेला परेका छन् ।
कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाव भएको भन्दै दिनहुँजसो अक्सिजन सिलिन्डर र नगद सहयोग भइरहेको बेला मापदण्ड बिपरितका कम तौलका सिलिण्डर फेला परेका हुन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि कोरोना संक्रमित बिरामीको लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरमा समेत व्यापक अनियमितता हुन थालेको छ ।
धौलागिरि अस्पतालमा अक्सिजन सिलिन्डरको तौल चेकजाँच गर्ने क्रममा कम तौलका सिलिन्डर फेला पारेको छन् । जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका राष्ट्रिय उपभोक्ता मन्च र स्वास्थ कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा अक्सिजन सिलिन्डर कम तौलको फेला परेको हुन् । स्वास प्रस्वासका समस्या भएका बिरामीको लागि अति आवश्यक पर्ने अक्सिजन सिलिन्डर तौल गर्दा प्रत्येक सिलिन्डरमा ५ केजी देखि ७ केजी सम्म तौल फेला परेपछि कार्वाहीको लागि सिफरिस गरिएको छ ।

