ताजा खबर

२६०७ कोरोना संक्रमित थपिए, थप ३९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना संक्रमणमुक्त भएका छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता