ताजा खबर

विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन सरकारलाई विपक्षी गठबन्धनको आग्रह

काठमाडौ । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । गठबन्धनका पाँच दलले प्राकृतिक विपत्तिको सामना गर्न सरकारको कुनै पूर्वतयारी नहुनु गैरजिम्मेवारीपन भएको बताएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले महामारीबाट आक्रान्त बनेका जनताले फेरि बाढी-पहिरोका कारण कष्टकर जीवन बिताउनु परेको उल्लेख गरेका छन्।

उनीहरूले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचारलगायतका उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन माग गरेका छन्।

‘इमान्दारी, तदारूकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता