३ आश्विन २०८२, शुक्रबार
Follow Us

पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

नेपालब्रिटेन संवाददाता
३० असार २०७८, बुधबार ०६:२०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार अदालतमा हाजिर भएका छन् । फरार रहेका उनी आज अदालतमा हाजिर भएका हुन् । गच्छदार बुधबार बिहान विशेष अदालतमा उपस्थित भएको अदालत स्रोतले जानकारी दियो । उनको बयान लिने तयारी भएको बयान लिएपछि उनको मुद्दा अगाडि बढाउने तयारी छ ।

अदालतले गच्छदारको निवासमा पटक–पटक म्याद तामेली टाँस गरेको थियो । उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।

धेरै पढिएको