३ आश्विन २०८२, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

नेपालब्रिटेन संवाददाता
३० असार २०७८, बुधबार ०६:२३

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ भन्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिनुभएको हो ।

धेरै पढिएको