२४ असार २०८२, मंगलवार
Follow Us

एनआरएनएमा परराष्ट्र विवाद: सर्वोच्चमा कुनै मुद्धा परेको छैन्, अन्तरिम आदेश भ्रम मात्र

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७८, बिहीबार १४:३२

लण्डन । एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयको पत्रका बारेमा सर्वोच्च अदालतमा कुनै उजुरी नपरेको खुलासा भएको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा धाँधली भएको भन्दै गैरआवासीय नेपाली संघको अभियान्ता रविन बज्रचार्यले सर्वोच्च अदालतमा दिएको उजुरीलाई केही अनलाइन मिडियाले परराष्ट्र मन्त्रालयको पत्रसंग जोडेर समाचार छापे पछि उक्त खुलासा भएको हो ।

केही अनलाइनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको भन्दै समाचार प्रकाशन गरे पछि बज्रचार्यले आपत्ती जनाएका छन् । बज्रचार्यले विहिवार आफ्नो फेसबुक टाइमलाइन मार्फत उक्त आपत्ती जनाएका हुन् ।

उनले सर्वोच्चमा बिचाराघीन मुद्दालाई लिएर यूरोप बाट प्रकाशित बिभिन्न अनलाइन पत्रिकाहरुले आधारहिन भ्रामक प्रचार गरेकोमा मेरो ध्यानाकर्षण भएको छ। ति मिडियाहरु केहि ब्यक्तिहरुको मुख पत्र सिबाय केहि नभएको कुरा जानकारी गराउन चाहें। यदि ति मिडिया नै बो भने पत्रकारको धर्म निभाउन चुनौति समेत दिन चाहन्छु। पर राष्ट्रमा गलत उजुरी दिएर मूतको तातो न्यानोमा रमाउॅदै गरेकाहरुलाई मेरो केहि भन्नु छैन। सम्पूर्ण सदस्यहरुलाई अदालतबाट “आधिकारिक आदेश” जारी नभएको हालको अवस्था केहि दिन धैर्य गर्न अनुरोध गर्न चाहें भनेका छन् ।

धेरै पढिएको