१२ जेष्ठ २०८१, शनिबार
Follow Us

दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोना खोप

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७८, आईतवार १०:२५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताएका छन् । दसैंलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।