२५ बैशाख २०८१, मंगलवार
Follow Us

१० बुँदेमा असन्तुष्ट भीम रावलले दिए कार्यदल संयोजकबाट राजीनामा

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७८, शुक्रबार १६:०४

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनमा दिने घोषणा गरेका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।

उनले १० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको उनको भनाई छ । आगामी योजनाबारे छलफल गरिने रावलले बताएका छन् ।

रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ बैठकपछि उपाध्यक्ष रावलले भने । राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने उनले बताए ।

रावलले स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिका विषयमा फरक मत राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । रावलले प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको बताए ।