जनसम्पर्क समिति बेल्जियमको सभापतिमा पण्डित रामप्रसाद ढुङ्गाना सर्वसम्मत
लण्डन । नेपाली कांग्रेसभित्र देखिएको विभाजनको प्रभाव विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा समेत देखिन थालेको छ। यसैक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौँ अधिवेशनले पण्डित रामप्रसाद ढुङ्गानालाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ।
सोमबार, २३ नोभेम्बर २०२६ मा सम्पन्न अधिवेशनबाट गजेन्द्र बोगटी र भाईथेवा तामाङ (जुमकाजी) उपसभापतिमा चयन भएका छन्। त्यसैगरी दीपेन्द्र थापा र भानु पराजुली महामन्त्रीमा चयन भएका छन् भने सुशील सुवेदी र केशव लामिछाने सदस्यमा चयन भएका छन्।
अधिवेशनको बन्दसत्रले नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा सहभागी हुन नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति गंगाधर गौतमको नेतृत्वमा तीन जना महासमिति सदस्य र चार जना महाधिवेशन प्रतिनिधि पठाउने निर्णयसमेत गरेको छ।
नेपाली जनसम्पर्क समिति बेल्जियमका संयोजक रामप्रसाद ढुङ्गानाको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
अधिवेशनमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधि, नेता तथा प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महत, नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति गंगाधर गौतम, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू किरणराज पौडेल, डा. रणबहादुर रावल, एनपी साउद र सीता देवकोटालगायतले मन्तव्य राखेका थिए।
त्यसैगरी अमेरिकाका पूर्वसंयोजक प्रमोद सिटौला, नेपाली कांग्रेसका नेता एवं अमेरिकाका पूर्वउपसभापति सीपी पौडेल, नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति नरेन्द्र भाट, एनआरएनए बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपाल, उपाध्यक्ष सूर्यबहादुर गुरुङ, नेपाली कांग्रेसका नेता सन्तोष लम्साल, दलित संघकी सभापति यमुना विक खड्का, महाधिवेशन प्रतिनिधि गोमा गौतम, महिला संघकी अध्यक्ष उषा राउत, जर्मनीका वरिष्ठ उपसभापति तेजेन्द्र कार्की तथा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बागलुङ समाज बेल्जियमका अध्यक्ष हरि रोक्का, पर्वत समाज बेल्जियमकी अध्यक्ष दुर्गाकुमारी गुरुङ, बागलुङ समाजका वरिष्ठ उपाध्यक्ष विदुर केसी, संखुवासभाका पूर्वसभापति जनक थापा, कोशी प्रदेशका नेता रामकुमार थापा, नेपाली जनसम्पर्क समिति बेल्जियमका नेता दीपेन्द्र थापा, नेदरल्यान्ड्सका सभापति वेदराज कँडेल, डेनमार्कका सभापति यादव बस्नेत, अमेरिकाका सभापति सञ्जीव श्रेष्ठ, अमेरिकाका महासमिति सदस्य चित्र केसी, जर्मनीका सभापति शिखर खड्कालगायत विभिन्न देश तथा संघसंस्थाका प्रतिनिधि र नेपाली कांग्रेसका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक सभापति ध्रुवराज पौडेलले हस्तलिखित शुभकामना सन्देश पठाउँदै छैटौँ अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए। कार्यक्रमको सञ्चालन भानुभक्त पराजुलीले गरेका थिए।

