१८ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा नेपालीले जिते बडिबिल्डिङ

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ०२:३७

लन्डन । यूके–नेपाल इन्टरनेसनल फेडेरेसन बडिबिल्डिङ लिगका पूर्वमहासचिव बिसन गुरुङले बेलायतको एक बडीबिल्डिङ प्रतियोगितामा उपाधि जितेका छन् ।
बेलायतको बर्मिङ्घम सिटीमा १४ नोभेम्बर २०२१ मा सम्पन्न फिजिकल कल्चर एसोसिएसन (पीसीए) प्रतियोगितामा ओभरअल बडिबिल्डिङ च्याम्पियन भएका छन् । बेलायतमा पीसीए जित्ने उनी पहिलो नेपाली हुन् ।

सन् २०१४ मा मिस्टर यूके नेपाल, २०१५ मा मिस्टर हिमालयन रनरअप भएका बिसनले २०१८ मा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । उनको सफलताले बडिबिल्डिङ खेलमा एउटा इतिहास कायम गरेको यूके नेपाल फेडरेसन बडिबिल्डिङ लिगका अध्यक्ष सुक गुरुङले बताए । उनले नेपाल र नेपालीलाई थप गर्वित तुल्याएको बताए ।

प्रतियोगितामा यूके नेपाल फेडेरेसन बडीबिल्डिङ लिगका अध्यक्ष सुक गुरुङ, तमुधिं लन्डन इकाई तथा स्याङजा समाज यूकेका उपाध्यक्ष भरत गुरुङ र रमेश गुरुङको उपस्थिति थियो ।

विजेता बिसनले बडिबिल्डिङ करिअरमा आफू यहाँसम्म आइपुग्न मिस्टर नेपाल सानु गुरुङ र मिस्टर यूके नेपाल सुक गुरुङको ठूलो योगदान रहेको बताउँदै सहयोगी र प्रेरक व्यक्तित्वप्रति आभार व्यक्त गरे ।