२७ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेको १०औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७८, शुक्रबार ०८:३५

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू भएको छ । नारायणी नदी किनारमा बनाइएको मञ्चमा हजारौंको उपस्थितिमा उदघाटन सुरु भएको हो। महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम गरे ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गरे । एमालेलाई शुभकामना दिन चार देशका विभिन्न दलका १५ जना अतिथिहरू अाएका छन् ।