२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए नमुनावस्तीमा हिमपात (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ पुष २०७८, बिहीबार १९:१८

लण्डन । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखा बस्ती हिउँले ढाकेको छ । मंगलबार र बुधबार परेको हिउँले २७ सय मिटर उचाइमा रहेको लाप्राकको गुप्सीपाखा बस्ती ढाकेसँगै मनमोहक देखिएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितका लागि बनाएको ५ सय ७३ घर धुरीको सामूहिक बस्ती हिउँले ढाकेसँगै आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । बिहीबार फाट्ट–फुट्ट पर्यटक गुप्सीपाखामा हिउँ खेल्न पुगेका छन् । ‘चिसो बढेको छ, फेरि गुप्सीपाखाको मौसम कहिले घाम लाग्ने, कहिले ओझेल पर्ने हुन्छ,’ एक स्थानियले भने,‘हिउँ पर्न रोकिए पनि हिउँ पग्लीसकेको छैन ।’
गैरआवासीय नेपाली संघको सकृयतामा ५० करोड भन्दा बढी खर्चिएर निमार्ण गरिएको सो वस्तीमा जम्मा २७ परिवार बसोबास गर्दै आएका छन् ।