१५ बैशाख २०८१, शनिबार
Follow Us

पोर्चुगलमा एकजना नेपाली युवाद्धारा झुण्डिएर आत्महत्या

नेपालब्रिटेन डट कम्
१३ माघ २०७८, बिहीबार १९:५८

लण्डन । पोर्चुगलमा एकजना नेपाली युवाले आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । आफु बस्ने भन्दा केही परको स्थानमा गएर डोरीले रुखमा झुन्डिएको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश,कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका (६ का करिब ३८(३९ बर्षका तर्कराज भट्टले आज बिहान पोर्चुगलको आल्बुफेइरा नजिकै गिआ भन्ने ठाउँमा रुखमा झुन्डिएर आत्महत्या गरेको भेटिएको छ ।

उनी सोही एरियामा एउटा कृषि कम्पनीमा काम गर्थे । अहिले उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि हस्पिटल लगेको उनीसंगै एउटै कोठामा बस्ने साथी भीम भट्टले युरोपनेपाली खबरलाई जानकारी दिए । उनी पोर्चुगल आएको गत डिसेम्बरबाट ३ बर्ष लागेको थियो ।