लण्डन । संयुक्त अरब इमिरेट्स (युएई) को प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन युनिमी नेपालले परराष्ट्रमन्त्री डा।नारायण खड्कालाई अनुरोध गरेको छ ।
मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएर पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको महासचिव जीवन भण्डारीले जानकारी दिनुभयो ।
युएईमा रहेर पत्रकारितामार्फत नेपाल र नेपालीको पक्षमा आवाज उठाउँदै आउनुभएका युवा पत्रकार पाण्डेलाई लेखेकै आधारमा पक्राउ गरिनु अत्यन्त दुःखद भएको युनिमीको भनाइ छ ।
“पत्रकार पाण्डेको पक्राउका सम्बन्धमा युएईस्थित नेपाली दूतावासमा पटकपटक जानकारी गराई रिहा गर्न पहल गरिदिन परिवारका सदस्यहरुले आग्रह गर्दासमेत दूतावासले बेवास्ता गरेको थाहा हुन आएको छ”, ज्ञापनपत्रमा लेखिएको छ ।
नेपाली व्यवसायी र कामदारको संरक्षण गर्नुपर्ने दूतावासले नै त्यहाँ कार्यरत सञ्चारकर्मी नियोजितरूपमा पक्राउ पर्दासमेत बेवास्ता गर्नु अर्को आपत्तिजनक विषय बनेको युनिमीले जनाएको छ ।
युनिमीको ज्ञापनपत्र बुझेपछि मन्त्री खड्काले पत्रकार पाण्डेलाई रिहा गर्न आफ्नो तर्फबाट पहल भइरहेको र थप पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले कुनै पनि नेपालीलाई विदेशी भूमिमा दुःख पर्दा नेपाली दूतावासले सहयोग र समन्वय गर्नु आधारभूत दायित्व भएकाले सोहीअनुसारको प्रयास हुने जानकारी दिनुभयो ।
रिहाइका लागि परिवारजनको अपील
परिवारजनले दिएको जानकारी अनुसार त्यहाँको स्थानीय निकायले उहाँलाई सोधीखोजीका लागि बोलाएपछि गत मंगलबार बिहान १० बजे उहाँ आबुधाबीको सिआइडी कार्यालय जानुभएको हो । करिब ११स्३० बजेबाट उहाँको मोवाइलमा सम्पर्क हुन छोड्यो । पटकपटक सम्पर्क प्रयास गर्दापनि सम्पर्कमा नआएपछि परिवारले स्थानिय निकायमा गएर उहाँको खोजी प्रयास गर्यो ।
साँझ ६ बजेतिर उहाँ आफैले सम्पर्क गरेर आफु स्थानीय निकायको निगरानीमा रहेको मात्र जानकारी गराउनु भएको थियो । किन र के कारण भन्नेबारे पछि खुलाउने बताउनु भयो । त्यसपछि परिवारले नेपाली दुतावास, सामाजीक संस्था लगायतमा खबर गर्यो । दुतावासमा जानकारी गराएपछि उहाँको विषयमा बुझ्न दुतावासले पीआरओ खटाएको जनाएको थियो ।
बुधबार साँझ पुन उहाँले सम्पर्क गर्दा आफुलाई सामाजिक संजालमा भिजिट भिषाका बारेमा लेखिएको स्टाटसलाई आधार मानेर दुतावासले उजुरी गरेको खुल्यो । उक्त उजुरी उपर दुतावासले फिर्ता लिएमा आफुलाई तत्काल छोड्ने नलिएको अवस्थामा जेल चलान गर्ने र डिर्पोट गर्ने जनाउनुभयो। उहाँको भनाइलाई आधार मानेर दुतावासमा बुझ्दा दुतावासले आफुहरुले उजुरी नगरेको जनायो । राजदुत आफैले पनि दुतावासबाट यस्तो हुन नसक्ने बताउदै आउनु भएको छ। गत शुक्रबारदेखि उहाँ परिवारको सम्पर्कमा समेत हुनुहुन्न ।
परिवारले उहाँको अवस्था, उहाँ विरुद्घको मुद्दा कसले र किन लगाएको बारेमा जानकारी गराई उहाँलाई सकुशल फर्काइदिन माग गदै दुतावासमा आग्रह गरेको छ ।
परिवारले दुतावासमा दिनहुँ सम्पर्क गर्दा उहाँमाथी अनुसन्धान भइरहेको र अन्य विषयमा केही नभनेको जवाफ दिने गरेको छ । परिवारले उहाँ कहाँ हुनुहुन्छ रु अवस्था के छ रु किन सम्पर्क हुन सकेको छैन भन्दा आफुहरुलाई पनि भेट्न नदिएको र सुरुमा स्थानीय निकायले बोलाएकै ठाँउमा राखेको र अनुसन्धान चलिरहेको जवाफ दिने गरेको छ ।